तुलसीपुरका मेयर खड्का घरको सीढीबाट लडेर घाइते

मंगलबार, भदौ १६, २०८३

दाङ, १६ भदौ - दाङकाे  तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का घरको सीढीबाट लडेर घाइते हुनुभएको छ।

मंगलबार बिहान भान्साघरको सीढीबाट लडेर मेयर खड्का घाइते हुनुभएको उपमहानगरपालिकाका सूचना अधिकारी यज्ञ केसीले जानकारी दिनुभयो।

केसीका अनुसार दुर्घटनामा मेयर खड्काको दायाँ खुट्टा भाँचिएको छ। भाँचिएको खुट्टाको अप्रेसनको तयारी भइरहेको उहाँले बताउनुभयो।

हाल मेयर खड्काको तुलसीपुरस्थित सिटी हस्पिटलमा उपचार भइरहेको छ। चिकित्सकको निगरानीमा उहाँको उपचार भइरहेको जनाइएको छ।

मेयर खड्काको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १२:१९
प्रतिक्रिया दिनुहोस्