प्रधानमन्त्री राहत काेष प्रधानमन्त्री राहत काेष
प्रधानमन्त्री राहत काेष प्रधानमन्त्री राहत काेष

एनपीएलको तेस्रो संस्करण : ओटीटी अधिकार नेट टिभी र टिकेटिङ ई–सेवालाई

मंगलबार, भदौ २३, २०८३

काठमाडौं,२३ भदाै - तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ओटीटी प्रसारण अधिकार नेट टिभीले प्राप्त गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आह्वान गरेको बोलपत्र प्रक्रियामार्फत नेट टिभीले १८ करोड ४ लाख रुपैयाँमा एनपीएलको ओटीटी अधिकार प्राप्त गरेको हो।

ओटीटी प्लेटफर्मले नेपालभित्रबाट करसहित अधिकतम ४ सय रुपैयाँ, खाडी देशबाट ६ सय रुपैयाँ तथा अन्य देशबाट अधिकतम १० अमेरिकी डलर शुल्क लिन पाउने व्यवस्था गरिएको छ।

यसैगरी, नेपालभित्रको लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रालिले १४ करोड ६४ लाख रुपैयाँमा प्राप्त गरेको छ।

एनपीएलको टिकेटिङ अधिकार भने ई–सेवाले ८५ लाख रुपैयाँमा पाएको छ। टिकेटिङबाट प्राप्त हुने आम्दानीको ९५ प्रतिशत क्यानलाई र ५ प्रतिशत ई–सेवालाई प्राप्त हुने व्यवस्था गरिएको छ।

तेस्रो संस्करणको एनपीएल आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ।

एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित तथा प्रभावकारी बनाउन सबै साझेदारसँग सहकार्य गर्ने प्रतिबद्धता क्यानले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  ०७:२५
प्रतिक्रिया दिनुहोस्