बंगलाचुलीका वडा नं. २ देखि ६ सम्म कांग्रेसको नयाँ नेतृत्व सर्वसम्मत चयन

सोमबार, असोज ५, २०८३

दाङ, ५ असोज – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङको बंगलाचुली गाउँपालिकाका वडा नं. २ देखि ६ सम्मका वडा अधिवेशनबाट नयाँ वडा कार्यसमिति सर्वसम्मत चयन भएका छन्।
बंगलाचुली गाउँपालिका–२ मा रुपेन्द्रबहादुर बस्नेतको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन भएको छ। उपसभापतिमा नरबहादुर सुनार र सुमा कुमारी घर्ती, सचिवमा भूपेन्द्र मल्ल तथा सहसचिवमा खुमबहादुर बुढाथोकी चयन भएका छन्। सदस्यहरूमा दिपा मल्ल, रेखा मल्ल, चन्द्रकुमार विक, शिवलाल घर्ती मगर, उमानन्द घर्ती, देबीराम घर्ती र गोवर्धन चयन भएका छन्।

त्यस्तैगरि बंगलाचुली–३ मा देविराम महराको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। उपसभापतिमा धनबहादुर घर्ती र हिमा कुमारी घर्ती, सचिवमा कमल पौडेल तथा सहसचिवमा टेकबहादुर थापा चयन भएका छन्। सदस्यहरूमा दुर्जा घर्ती, पवित्रा डाँगी, बसन्ते कामी, खुसल पाण्डे, छविन्द्र खत्री, मनिराम कुँवर र शसिधर परियार चयन भएका छन्।

त्यस्तैगरी बंगलाचुली–४ मा तामबहादुर परियारको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन भएको छ। उपसभापतिमा युवराज अधिकारी र शिवा नेपाली, सचिवमा युवराज सुवेदी तथा सहसचिवमा जिबराज पुलामी चयन भएका छन्। सदस्यहरूमा हिमाल महरा, ज्ञानेन्द्र गिरी, अनिता पाण्डे, चोकबहादुर डाँगी, हिराबहादुर घर्ती, लिला खत्री र दिनेश नेपाल चयन भएका छन्।

यसैगरी, बंगलाचुली–५ मा केशव घर्ती क्षेत्रीको सभापतित्वमा नयाँ वडा कार्यसमिति सर्वसम्मत चयन भएको छ। उपसभापतिमा तिलकराम रावत र मिना बैजाली, सचिवमा यामलाल बुढा, सहसचिवमा शरद जित ओली तथा कोषाध्यक्षमा डम्बरबहादुर बैजाली पुन चयन भएका छन्। सदस्यहरूमा चिन्ताकुमारी घर्ती, मिनकुमारी खत्री, प्रेम बुढा मगर, बसन्ता नेपाली, शिवलाल ओली र चुमान सिंह बली चयन भएका छन्।

त्यस्तैगरी बंगलाचुली–६ मा हिरालाल घर्तीको सभापतित्वमा नयाँ वडा कार्यसमिति गठन भएको छ। उपसभापतिमा सुमित्रा महरा र मनिराम डाँगी, सचिवमा डन्डीराम केसी, सहसचिवमा विपीन घर्ती मगर तथा कोषाध्यक्षमा विष्णुबहादुर मोहरा चयन भएका छन्। सदस्यहरूमा रेवन्तबहादुर खत्री, दिपा खत्री, हस्तबहादुर विश्वकर्मा, दुर्गी नेपाली, गंगे डाँगी, लुमबहादुर खत्री र फनाधर डाँगी चयन भएका छन्।
बंगलाचुलीका यी पाँचवटै वडामा अधिवेशनमार्फत नेतृत्वसहितका नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १०:२४
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी