फिल्म "बद्री बहादुर" को मेरो जीवनको गीत सार्वजनिक

आइतबार, चैत १८, २०८०
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौं : नेपाली फिल्म "बद्री बहादुर "को  मेरो जीवनको बोलको गीत सार्वजनिक भएको छ ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

आज आइतबार ओएसआर डिजिटलको युट्युबमा सार्वजनिक गीतको भिडिओमा फिल्मका मुख्य कलाकारहरू भूमिका रहेको छ।

जयकिशन बस्नेत र छुल्ठिम गुरूङ तथा राजीवजंग बस्नेत र एलिना गुरुङको  भिडिओमा अभिनय रहेको छ। यस गीतमा उजन नेम्वाङको शब्द, संगीत तथा स्वर रहेको छ।

यसफिल्ममा जयकिशन, छुल्ठिम, राजीवजंग र एलिनाका साथमा धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईं र निर्देशक बस्नेत स्वयें पनि देखिएका छन्। एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेतले नृत्य रहेको छ।

यस फिल्मको रामकाजी घिमिरेको पटकथा लेखन रहेको छ भने  विजय गोपाल दली प्रस्तुतकर्ता तथा मिथुन भोटे निर्माता रहेका छन्।

रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबी पिक्चर्स फार्म र सलोन(सलिना फिल्मसको ब्यानरमा निर्माण भएको छ।

फिल्ममा विनोद सापकोटाको छायांकन, शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको  बन्दे प्रसादले सम्पादन गरेका छन्।

कमेडी विधामा निर्माण भएको बद्री बहादुर लाई केही समय अगाडी बलिउड कमेडियन कपिल शर्माले समेत शुभकामना दिनु भएको थियो । फिल्म आगामी शुक्रबारदेखि प्रदर्शनमा हुँदै छ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्