बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दीपेन्द्रसिंह ऐरी अलराउन्डरतर्फ शीर्ष १० मा

बुधबार, जेठ २, २०८१

काठमाडौँ - नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ शीर्ष १० मा अटाउनुभएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

आइसिसीले बुधबार सार्वजनिक गरेको वरीयतामा दीपेन्द्रले एक स्थान सुधार गर्नुभएको छ । अलराउन्डर विश्व वरीयताको शीर्षस्थानमा भने बंगलदेशका साबिक अल हसन रहनुभएको छ ।

यस्तै नेपालका कुशल मल्ल ३२औँ, गुलसन झा यथा स्थानमा रहँदै ६०औँ, कप्तान रोहितकुमार पौडेल एक स्थान खस्कँदै ६५औँ र करण केसी एक स्थान सुधार गर्दै ७४औँ स्थानमा रहनुभएको छ ।

बलिङतर्फ सोमपाल कामी ९२औँ स्थानमा यथावत् हुनुहुन्छ । नयाँ वरीयतामा उहाँ शीर्ष सयमा रहने एक्लो नेपाली बलर बन्नुभएको छ । बलिङ वरीयताको शीर्षस्थानमा इङ्ल्यान्डका राशिद खान यथावत् रहनुभएको छ । विश्वकपको तयारीमा रहेको नेपाल टी–२० वरीयतामा १७औँ स्थानमा रहेको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्