बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

आईपीएल क्रिकेटको उपाधि कोलकाता नाइट राइडर्सले जित्यो

सोमबार, जेठ १४, २०८१

काठमाडौं – कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाताले उपाधि जितेको हो । हैदराबादले दिएको  १ सय १४ रनको लक्ष्य कोलकाताले  १० ओभर ३ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

कोलकाताका  रहमनुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गरे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले १ सय १३ रन बनाएको थियो । उसका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए । हैदराबादको यो स्कोर आईपीएलको इतिहासमा फाइनल खेलमा अहिलेसम्मकै सबैभन्दा सानो स्कोर हो ।

यसअघि फाइनलमा सबैभन्दा थोरै रनको कीर्तिमान चेन्नई सुपरकिंग्सको नाममा रहेको थियो । उसले सन् २०१३ को आईपीएल फाइनलमा मुम्बई इन्डियन्ससँगको खेलमा  ९ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदराबाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्