बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

कोशी प्रदेशमा एमालेकी  रुक्मिणी कोइराला निर्वाचित

बिहीबार, माघ ११, २०८०

विराटनगर - राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित हुनुभएको छ ।  

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी कोइरालाले गठबन्धनका उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै जित निकाल्नुभएको हो । 

प्राप्त मतपरिणाम अनुसार कोइरालाले ५०८६ मत प्राप्त गर्दा कार्कीले ४९९२ मत मात्र प्राप्त गर्नुभयो । कार्कीलाई गठबन्धनका तीन जना प्रदेश सभा सदस्यले मत क्रस गरेको गणनाका क्रममा देखिएको थियो । 

कूल ९३ जना प्रदेश सभा सदस्य मध्ये कोइरालाले ४९ जना सांसदको मत प्राप्त गर्नुभयो भने कार्कीले ४४ जनाको मत प्राप्त गर्नुभएको थियो । यद्यपि मतपरिणामको औपचारिक घोषणा भने भइसकेको छैन । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्