बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

मधेश प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी

बिहीबार, माघ ११, २०८०

ढल्केवर - मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनुभएका (खुला) बाट आनन्दप्रसाद ढुङ्गाना र महिलातर्फबाट पूजा चौधरी निर्वाचित हुनुभएको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

ढुङ्गानाले सात हजार ३७० मतभार र चौधरीले सात हजार ९२३ मतभार ल्याएर विजयी भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले बताउनुभयो ।

उहाँका अनुसार अन्य समूहबाट नेकपा एमालेका विजेता चौधरीले दुई हजार ४८४ र जनमत पार्टीका रामाशङ्कर महासेठले ८१८ मतभार प्राप्त गर्नुभएको छ । 

यसैगरी महिलातर्फ चौधरीको निकटतम प्रतिद्वन्द्वी एमालेका उषादेवी थरुनीले दुई हजार ४४६ मतभार प्राप्त गर्नुभएको छ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको मतदान निर्धारित समय ३स्०० बजे सकिएको थियो । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । 

बन्दको अवज्ञा गर्दै श्रीमतीद्वारा मतदान

राष्ट्रिय सभा चुनावलाई लक्षित गरी प्रभु साह नेतृत्वको आम जनता पार्टीले बिहीबार मधेश प्रदेश बन्दको आह्वान गरेको थियो । सो बन्द आह्वान अवज्ञा गर्दै साहको श्रीमती रौतहट मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साहले जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा मतदान गर्नुभएको छ । 

आजपका कार्यकर्ताले बिहीबार बिहानैदेखि जनकपुरधाममा प्रदर्शन गर्दै यातायात बन्द गराउने प्रयास गरेका थिए । धनुषा प्रहरीले बन्द गराउँदै हिँडेका २३ कार्यकर्ता पक्राउ परेका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्