बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका  उम्मेदवारहरु विजयी

बिहीबार, माघ ११, २०८०

पोखरा : राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । प्रदेशबाट अन्यबाट किरणबाबु श्रेष्ठ, महिलाबाट मनरुपा शर्मा र अपाङ्गता तथा अल्पसङ्ख्यकबाट पदम परियार निर्वाचित हुनुभएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

बिहीबार साँझ भएको कार्यक्रममा विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरिएको छ । गण्डकीका निर्वाचन अधिकृत ऋषिराम आचार्यले विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्नुभएको छ । समारोहमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र सङ्घीय सांसद देवेन्द्र पौडेलले पनि बोल्नुभएको थियो ।

महिलातर्फ माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी मनरुपा शर्मा तीन हजार छ सय ६० मतभारसहित विजयी बन्नुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी सम्झना देवकोटाले दुई हजार पाँचसय ५३ मत पाउनुभएको छ । महिला क्लस्टरमा उम्मेदवारी दिनुभएकी राप्रपाकी गौमाया श्रेष्ठले एक सय ६ मत पाउनुभयो । 

अपाङ्गता क्लस्टरमा कांग्रेसका पदमबहादुर परियार विजयी हुनुभएको छ । बिहीबार सम्पन्न निर्वाचनबाट उहाँले तीन हजार सातसय ७४ मतभार पाएर विजयी भएका हुन् । परियारलाई स्थानीय तहतर्फ एकसय एक र प्रदेशसभातर्फ ३५ जनाले मत दिएका थिए । परियारका प्रतिद्वन्द्वी एमालेका हेमचन्द्र शेरचनले दुई हजार चारसय ५८ मतभार पाउनुभएको छ । 

प्रदेशको अन्य क्लस्टरबाट नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्रीसमेत रहनुभएका किरणबाबु श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले तीन हजार आठसय आठ मत पाउनुभयो । सोही पदमा उम्मेदवारी दिनुभएका एमालेका उम्मेदवार चक्रबहादुर पराजुलीले दुई हजार चारसय ७७ र राप्रपाबाट उम्मेदवारी दिनुभएका रोमबहादुर भण्डारीले एकसय ६ मत पाउनुभयो ।  

गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा दुईसय २९ जनाले मतदान गर्नुभएको छ । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवबहादुर नेपालबाहेक सबैले मतदान गर्नुभएको हो । एमालेबाट निर्वाचित प्रमुख नेपाली सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन हुनुहुन्छ । 

गण्डकीमा एमालेसँग कुल मतभार दुई हजार चार सय ५८ र सत्ता गठबन्धनको मतभार तीन हजार आठ सय २७ छ । निर्वाचनमा महिला क्लस्टरमा स्थानीय तहतर्फ ५ जनाले फ्लोरक्रस गरेको देखिएको छ । अपाङ्गतातर्फ तीन जनाले हालेको मत बदर देखिएको छ । महिलातर्फ प्रदेशसभा सदस्यतर्फ एक र स्थानीय तहतर्फ पाँच जनाले फ्लोरक्रस गरेको देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्