टी-२० विश्वकपमा अस्ट्रेलियाको दोस्रो जित , इंग्ल्याण्ड २६ रनले पराजित

आइतबार, जेठ २७, २०८१

दाङ - टी-२० विश्वकपमा  शनिबार राति भएको खेलमा  लगातार दोस्रो जित निकाल्दै अस्ट्रेलिया समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ। विशाल रनको लक्ष्य दिएको अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हराएको हो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रनमा समेटिएको हो।

अस्ट्रेलियाको जितका लागि एडम जाम्पा र प्याट कमिन्सले किफायती बलिङ गरे। कमिन्सले ४ ओभरमा २३ रन खर्चेर दुई विकेट लिँदा जम्पाले २८ रन खर्चेर समान दुई विकेट हात पारे।

इंग्ल्याण्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ४२ रन बनाए। फिल साल्ट ३७, मोइन अली २५ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए। अस्ट्रेलियाका लागि जोस हेजलवुड र मार्कस स्टोइनिसले एकएक विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २०१ रन बनाएको थियो। उसका लागि ओपनर ट्रेभिस हेड र डेभिड वार्नरले उत्कृष्ट सुरुवात गरेका थिए।

वार्नरले मात्र १६ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ३९ रन बनाए। हेडले १८ बलमा तीन छक्का र दुई चौकाको मद्दतमा ३४ रन जोडे।

कप्तान मिचेल मार्सले २५ बलमा ३५ रन बनाए भने मार्कस स्टोइनिसले ३० रन जोडे।

पहिलो खेलमा पहिलो बलमै आउट भएका ग्लेन म्याक्सवेलले दोस्रो खेलमा २८ रन जोड्दा म्याथ्यू वेडले १७ रन बनाए।

अस्ट्रेलियाको आक्रामक ब्याटिङलाई रोक्न इंग्ल्याण्डका लागि क्रिस जोर्डनले दुई विकेट लिए भने मोइन अली, जोफ्रा आर्चर, आदिल रसिद र लियाम लिभिङ स्टोनले एकएक विकेट हात पारे।

विश्वकपको यो समूहमा अस्ट्रेलिया, इंग्ल्याण्ड, स्कटल्याण्ड, नामिबिया र ओमान छन्।

अस्ट्रेलिया लगातार दुई जित निकाल्दै चार अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। दुई खेलमा एक जित र एक खेलमा अंक बाँडेको स्कटल्याण्ड तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ। दुईमा एक खेल गुमाएको नामिबिया दुई अंकसहित तेस्रो स्थानमा छ। एउटा खेलमा अंक बाँडेर अर्को खेलमा पराजित भएको इंग्ल्याण्डले एक अंक जोडेको छ। ओमान अंकबिहीन छ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०६:०६
प्रतिक्रिया दिनुहोस्