बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासकाे मत

सोमबार, जेठ २८, २०८१

लेखनाथ - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा विपक्षी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक सबै सांसदको समर्थन जुटाएर पाण्डेले विश्वासको मत पाउनुभएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

पाण्डेलाई नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र नेकपा माओवादीको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी(नेसपा)का सांसद फणीन्द्र देवकोटाले मत दिनुभएको हो । पाण्डेको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ ।

सर्वोच्च अदालतको परमादेशबाट जेठ १६ गते सदनको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डे प्रदेश सरकारको स्थिरता, संविधान कार्यान्वयन र रक्षाका लागि विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । एक वर्षमा चार पटक नेतृत्व फेरिँदा आक्रोश बढेको उल्लेख गर्दै उहाँले बृहत् राजनीतिक सहमति आवश्यक भएको सदनमा बताउनुभयो ।

“मैले बृहत्तर राजनीतिक सहमतिको अवश्यकता देखेको छु । सदनलाई विसङ्गति र विकृतिविहीन बनाउन सकिन्छ, म बनाउँछु,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सरकार फेरिइरहँदा हामीले नीति कार्यक्रम र बजेट सही कार्यान्वयन गर्न सकेका छैनौँ । नेपालीको संविधान कार्यान्वयन गर्ने दायित्व हामी सबैको हो ।”

प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दल एउटा भोट अर्को ठाउँमा जाने विकृत अवस्था आउन नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “त्यस्तो मानिँदैन । खालि दलीय व्यवस्थामाथि प्रहार गर्ने, दललाई कमजोर बनाउन त भएन नि । विकृति, विसङ्गतिरहित भए हाम्रो दलले पनि समर्थन गर्न सक्छ ।” नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेशसभा जोगाउनैपर्नेमा जोड दिनुभयो । साभार गोरखापत्र अनलाइल

 

 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्