टी-२० विश्वकप   वर्षाले खेल रोकिएपछि  नेपाल र श्रीलंकाले अंक बाँडे

बुधबार, जेठ ३०, २०८१
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

दाङ - आईसीसी टी-२० विश्वकप अन्तर्गत बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलंकाको खेल वर्षाले अवरुद्ध भएको छ। लगातारको वर्षाले खेल हुन नसकेपछि दुवै देशले एकएक अंक बाँडेका छन्।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश


अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान नेपाली समय अनुसार ५:१५ बजे हुने भनिएको खेल वर्षाले प्रभावित भएको थियो। वर्षा रोकिएपछि खेल हुने बताइएको भए पनि लगातार वर्षा भएपछि दुवै देशले अंक बाँडेका हुन्। योसँगै अंकबिहीन नेपाल र श्रीलंकाले एकएक अंक बनाएका छन्।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०७:१४
प्रतिक्रिया दिनुहोस्