Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

यू–१९ विश्वकप क्रिकेट स् नेपाललाई अफगानिस्तानले दियो १४६ रनको लक्ष्य

शुक्रबार, माघ १२, २०८०

काठमाडौं - आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई  १४६ रनको चुनौती दिएको छ। शुक्रबार दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्क मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई १४६ रनको चुनौती दिएको हो। 

टस हारेर बलिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा १० विकेट लिँदै अफगानिस्तानलाई १४५ रनमा समेटेको हो। अफगानिस्तानलाई मध्यम स्कोरमा समेट्न नेपालका लागि आकाश चन्दले सर्वाधिक पाँच विकेट लिनुभयो। दीपेश कँडेलले दुई विकेट लिनुभयो भने गुल्सन झा, तिलक भण्डारी र सुवास भण्डारीले एकरएक विकेट लिनुभएको छ। नेपालले केही बेरमै जवाफी ब्याटिङ गर्दैछ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानलाई जित्नै पर्ने दबाब छ। प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि पनि नेपाललाई जित्नुपर्ने दबाब रहेको हो।

समूह ‘डी’ को पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। त्यस्तै, दोस्रो खेलमा नेपालले पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको थियो। आजको खेलमा जित निकाले नेपाल सुपर सिक्समा पुग्नेछ। यता अफगानिस्तानले पनि नेपाललाई पराजित गरेमा सुपर सिक्समा पुग्नेछ।

अफगानिस्तानले पहिलो खेलमा पाकिस्तानसँग एक ८१ रन र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो।

नेपालको प्लेइङ ११ मा कप्तान देव खनालसहित विपिन रावल ९विकेटकिपर०, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक बोहोरा, गुलशन झा, दीपक डुम्रे, दीपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द र तिलक भण्डारी हुनुहुन्छ।  
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्
समाचार