Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

टी–२० विश्वकप : वेस्ट इण्डिजले इंग्ल्याण्डलाई १ सय ८१ रनको लक्ष्य

बिहीबार, असार ६, २०८१

दाङ - आईसिसी टी–२० विश्वकपअन्तर्गत सुपर–८ को जारी खेलमा आयोजक वेस्ट इण्डिजले इंग्ल्याण्डलाई १ सय ८१ रनको लक्ष्य दिएको छ।


सेन्ट लुसियास्थित डारेन स्यामी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङ थालेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८० रन बनायो।

उसका लागि जोनसन चार्ल्सले ३८, निकोलस पूरन र कप्तान रोभम्यान पावेलले ३६र३६, ब्रेण्डन किंगले २३ र शेर्फेन रदरफोर्डले अविजित २८ रन बनाए।

इंग्ल्याण्डका लागि लियाम लिभिङस्टोन, आदिल राशिद, मोइन अली र जोफ्रा आर्चरले एक र एक विकेट लिए। जारी विश्वकपमा वेस्ट इण्डिज अपराजित छ। उसले समूह चरणको चारवटै खेल जितेको थियो।

इंग्ल्याण्डले समूह चरणमा चारमध्ये दुईमा जित, एकमा हार तथा एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्
समाचार