Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

प्रतिनिधिसभाको बैठकमा आज सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तर

बिहीबार, असार ६, २०८१

दाङ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा बिहीबार सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्।


प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यस्तैगरी आज बिहान ११ बजे शुरु हुने बैठकमा वर्णानुक्रमअनुसार सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची पनि छ।

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपक्षी विकास, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीले दिनेछन्।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
समाचार