Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

 बंगलाचुली गाउँपालिका वडा नम्बर ३ को टोल स्तरीय भलिबल प्रतियोगिताको उपाधि दाङबाङलाई

शनिबार, माघ १३, २०८०

दाङ - दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ३ को आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्माको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष जिसिले खेलकुद स्वास्थ्यको हिसाबले पनि अत्यन्त उपयोगि भएको बताउनुभयो ।साथै खेलकुद प्रतियोगिताले समाजमा एकता बढ्ने उहाँले बताउनुभयो । उहाँले बर्तमान समयमा युवाहरुमा दुर्व्यसनि र नकारात्मक कुराहरु धेरै बढेकोले युवाहरुले सकारात्मक सोचबाट अगाडि बढ्नुपर्ने उहाँको भनाइ रहेको छ ।

यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्माले वडाको बार्षिक लक्षित बर्ग अन्तर्गत युवा तथा खेलकुदमा सबैभन्दा धेरै बजेट छुट्याइएको बताउनुयो ।उहाँले यस्ता खालका खेलकुद प्रतियोगिताबाट राष्ट्रिय स्तर सम्म खेल्न सक्ने खेलाडि उत्पादन हुने बताउनुभयो । साथै उहाँले यहि उद्येश्यका साथ खेलकुद प्रतियोगिता सञ्चालन गरिएको बताउनुभएको थियो । आगामि दिनमा फिल्ड निर्माण गर्नको लागि बजेट व्यवस्थापन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्यहरु हरि प्रसाद घर्ती, टिका विक, लोक बहादुर खत्री, शिक्षा शाखाका प्राविधिक सहायक डेमराज पुन, नेपाली काङ्ग्रेसका वडा प्रतिनिधि कमल पौडेल, नेकपा माओवादी केन्द्रका वडा प्रतिनिधि भागेश्वर घर्ति लागायतको उपस्थिति रहेको थियो । वडा नम्बर ३ का वडा सदस्य हरि प्रसाद घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव बेदुराम पाण्डेले गर्नुभएको थियो ।

प्रतियोगितामा दाङबाङ टिम प्रथम हनु सफल भएको छ । यस्तै मुलाबारी द्धितिय र बचेनि द्य तृतिय भएका छन । प्रथम हुने टिमले नगद रु ५ हजार मेडल प्रमाणपत्र र १ थान नेट र पम्प प्राप्त गरेका छन । यस्तै द्धितिय हुने टिमले नगद ३ हजार मेडल प्रमाणपत्र र १ थान बल र तृतिय हुने टिमले नगद २ हजार मेडल प्रमाणपत्र र १ थान बल हात पारेका छन । यस्तै खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडि गजाधर घर्तिलाइ उत्कृष्ट खेलाडी घोषित गरिएको छ ।  - साभार चौथौअंग डटकम

प्रतिक्रिया दिनुहोस्
समाचार