नेकपा एकीकृत समाजवादी दशौँ महाधिवेशनको तयारी पूरा

शनिबार, असार १५, २०८१

काठमाडौं - नेकपा एकीकृत समाजवादीले भोलिबाट हुने दशौँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

आज पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको एकीकृत समाजवादीका एक नेताले बताएका हुन् । पार्टी महासचिव घनश्याम भुसालका अनुसार,  भृकुटी मण्डपमा भेला भई ११:३० बजेबाट कार्यक्रम सुरु हुनेछ।

महाधिवेशनमा १८४७ प्रतिनिधि सहभागी सहभागी हुने भुसालको दाबी छ । महाधिवेशनको उम्मेदवार बन्नका लागि नेकपा एकीकृत समाजवादीले न्यूनतम मापदण्डसमेत तोकेको छ। सो मापदण्ड प्रभावकारी रूपमा फलो हुने महासचिव भुसालको भनाइ छ।

 
नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनमा अध्यक्ष पदका लागि पार्टी अध्यक्ष माधव नेपाल सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्यास भुसाल पनि दाबेदार छन्।

तर नेपालको पक्षमा सहमति जुटाउने प्रयास भइरहेको नेपाल पक्षहरूका नेताहरूको भनाइ छ। यता झलनाथ खनालले आफू अध्यक्ष नभए महासचिव भुसाललाई सहयोग गर्ने गाईँगुईँ हल्ला चलेको छ।

samajbadi-1719660770.jpg
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
समाचार