इमान्दार वामपन्थी शक्तिहरु एकजुट हुन आवश्यक छ  : मास्की

आइतबार, माघ १४, २०८०

दाङ - नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की राजेशले वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने बताउनु भयो
दाङको  बबई गाउँपालिकाको समाजवादी मोर्चा घोषणा कार्यक्रममा उहाँले वामपन्थी शक्तिहरू एकजुट भएमा मुलुक  समृद्धिको मार्ग मा अगाडि बढ्ने बताउनु भएको छ । वामपन्थी शक्तिहरू एकजुट भएमा मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने उनको भनाइ थियो। उहाँले ढिलो चाँडो इमान्दार वामपन्थी शक्तिहरू एकजुट हुने समेत बताउनु भयो

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

 त्यस्तैगरी मुलुकमा ६५ प्रतिशत कम्युनिष्ट रहेको भन्दै समाजवाद पग्न ती शक्तिहरूबीच एकता आवश्यक रहेको बताउनु भयो ।

बबईमा माओवादी केन्द्रका बबई गाउँपालिका अध्यक्ष एकलाल घर्तीको अध्यक्षतामा समाजवादी मोर्चा घोषणा गरिएको छ।
शनिबार ९ सदस्य समाजवादी मोर्चा घोषणा गरिएको हो। त्यस अवसरमा समाजवादी मोर्चाका नेताहरूले मन्तव्य व्यक्त गरेका थिए।
 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्
समाचार