Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

ने.क.पा एमालेका मन्त्रीहरूले राजीनामा दिँदै

मंगलबार, असार १८, २०८१

काठमाडौं - नेपाली कांग्रेससँगको सहकार्यमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेका छन् ।

एमालेका एक मन्त्रीले भने– ‘हामी १ बजेसम्ममा सम्भवतः प्रधानमन्त्रीलाई राजीनामा पत्र थमाइ सक्छौँ।’

ती मन्त्रीका अनुसार आज नै नयाँ सरकार बन्न सक्ने भएकाले प्रधानमन्त्रीलाई पनि ओलीले भेटेर मार्ग प्रशस्त गर्न आग्रह गर्ने बताइएको छ।


यता एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममा नयाँ सरकार बन्ने सम्भावना छ ।

बर्तौलाले भन्नु भयो, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मार्ग प्रशस्त गरे आज साँझसम्ममा नयाँ सरकार बन्छ । यदि उहाँले मार्ग प्रशस्त नगरेमा भोलिसम्ममा नयाँ सरकार बनाउने प्रक्रिया पूरा गर्नेछौं।’

उहाँले अध्यक्ष ओलीले आज वा भोलि साँझसम्ममा प्रधानमन्त्रीको शपथ लिने बताउनु भयो ।
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्