ने.क.पा माओवादी पदाधिकारी बैठक बस्दै

मंगलबार, असार १८, २०८१

काठमाडौं - सत्ता गुम्ने निश्चित भएपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिका-री बैठक बोलाउनु भएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी बोलाइएको छ ।

पदाधिकारी बैठकमा राय आएपछि प्रचण्डले आजै राजीनामा दिने सम्भावना रहेको एक पदाधिकारीले बताृउनु भयो ।

ती पदाधिकारीले  भने, ‘सम्भवतः हामीसँग प्रधानमन्त्रीज्यूले राजीनामा दिने या नदिने भन्ने विषयमा कुरा गर्न लाग्नुभएको होला हामी उहाँलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिन्छौँ ।’


संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच गएराति सत्ता सहकार्यका लागि नयाँ समीकरण बनेसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्
समाचार