बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि एमालेले लियो अग्रसरता

शुक्रबार, असार २१, २०८१

दाङ  - लुम्बिनी प्रदेशमा नयाँ सहमतिको सरकार बनाउन नेकपा (एमाले)ले अग्रसरता लिएको छ । एमालेले लुम्बिनीमा सहमतिको सरकार बनाउने भन्दै प्रदेश प्रमुख अमिक शरेचनलाई औपचारिकरुपमा पत्र बुझाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक तुलसी चौधरीले लुम्बिनी प्रदेशमा सहमतिको सरकार गठनका लागि पहल सुरु भएको बताउँदै लुम्बिनी प्रदेश प्रमुखको कार्यालयलाई औपचारिक जानकारी गराएको बताउनुभयो ।

यसअघि एमालेले बिहीवार साँझ नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता मुख्यमन्त्री जोखबहादुर महरासमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो । बिहीबार साँझ नै लुम्बिनी प्रदेशमा एमालेका मन्त्रीहरुले राजीनामा दिनुभएको थियो ।

प्रमुख सचेतक चौधरीले सहमतिको सरकार गठनको प्रक्रियालाई छिट्टो अगाडि बढाउन प्रदेश प्रमुखको कार्यालयलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

प्रदेश प्रमुख अमिक शेरचन बुटवल बाहिर रहेकोले प्रदेश प्रमुखको कार्यालय बुटवलकी उपसचिव धर्मा अर्यालले एमालेका तर्फबाट जानकारी पत्र बुझ्दै प्रदेश प्रमुखको निर्देशन अनुरूप अगाडि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्