डा.मुकुल ढकाल महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त

मंगलबार, असार २५, २०८१

काठमाडौँ - असार २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

पार्टीको निर्णय सुनाउनुहुँदै कार्यवाहक प्रवक्ता मनीषा झाले केन्द्रीय समितिमा भएको छलफलका आधारमा निजबाट पार्टीको आचारसंहिताको दफा ४ ९१० को क, ख, च, प र फ एवम् दफा ४ ९२० को ख, दफा ५ को क र ख, दफा ६ को क र ख, दफा ९ को क, ख, ग, घ समेतको उल्लङ्घन भएको ठहर गरेको बताउनुभयो ।

उहाँले त्यसबाट पार्टीलाई पुगेको क्षतिलाई समेत विश्लेषण गर्दै केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई समेत ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६ ९३० बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय भएको बताउनुभयो । उहाँले पार्टी विधानको धारा ५७ बमोजिम निज उपर केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझे ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिनसक्ने निर्णय गरेको पनि बताउनु भयो ।

पार्टीको अनुशासन आयोगले भने पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सुझाव दिएको थियो

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
समाचार