सांसदहरूलाई २८ गते संसद् बैठकमा अनिवार्य उपस्थित हुन माओवादीको निर्देशन

बुधबार, असार २६, २०८१

काठमाडौं - नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने दिन आफ्ना सांसदहरूलाई अनिवार्य बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

माओवादी केन्द्र संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले पर्सी असार २८ गते शुक्रबार अर्थात् प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गर्ने निर्णय गरेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल तथा स्वतन्त्र सांसदहरु सँग संवाद गर्ने समेत निर्णय गरेको छ ।

यस्तै बैठकले देशका विभिन्न स्थानमा बाढी–पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार राहत र पुनर्स्थापनाका लागि सक्रिय रहन पनि सांसदहरूलाई निर्देशन दिएको माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्
समाचार