बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिनुहुँदै

सोमबार, असार ३१, २०८१

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज  पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा  प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम रहेको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ ९२० बमोजिम नेपाली कांग्रेस र नेकपा ९एमाले० को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री  नियुक्त गर्नुभएको थियो ।  प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन भएको हो ।

राष्ट्रपति पौडेलले शुक्रबार प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मका लागि समय  दिनुभएको थियो । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्