Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङको बंगलाचुलीमा पनि फल्छ स्याउ

बुधबार, साउन १६, २०८१

  दाङ : दाङमा पनि स्याउ फल्छ भन्दा जो कोहिलाई विश्वास नलाग्न सक्छ । तर दाङको बंगलाचुली गाउँपालिकामा भने स्याउले फल दिन सुरु गरेको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शोभाराज विश्वकर्माले बचेनिमा लगाउनुभएको स्याउले अहिले फल दिन सुरु गरेको छ । वडा अध्यक्ष विश्वकर्माले करिब ५ बर्ष अगाडि लगाउनुभएको स्याउले फल दिन सुरु गरेको ३ बर्ष जति भयो ।

करिब ५ बर्ष पहिले एकजना गाउँकै व्यक्ति सँग लिएर रोपेको स्याउले अहिले आन्नद लाग्ने फल दिदा खुसी लागेको उहाँले बथताउनुभयो ।फल दिन सुरु गरेको साल केहि थोरै मात्र फल दिएको बोटले अहिले भने प्रस्सत फल दिन सुरु गरको उहाँले बताउनुभयो । उहाँले स्याउ घरबाटै बिक्रि समेत गरिसक्नु भएको छ ।

APPLE---1-1722431653.png
खासगरी बंगलाचुली घुम्न आउने आन्तरिक पर्यटकहरुलाइ ३ सय रुपैया प्रति केजि रुपैयामा बिक्रि गरेको बताउनुभयो ।उहाँले अहिले सम्म करिब १० केजि स्याउ बिक्रि गरिसक्नुभएको छ । बंगलाचुलीमा पनि स्याउ उत्पादन हुन्छ भन्ने उदाहरण यहाँबाट लिन सकिन्छ । वडा अध्यक्ष विश्वकर्माले अब स्याउ खेतिको बारेमा बुझेर अझ धेरै उत्पादन गर्ने अब सोच रहेको बताउनुभयो ।

"अब विज्ञहरुसँग यसको बारेमा राम्रोसँग बुझेर अझ धेरै यसको विरुवा रोप्ने सोच बनाएको छु " उहाँले भन्नुभयो ।

APPLE---2-1722431858.jpg
स्याउ नेपालको एक प्रमुख फल हो । फलफूल प्रति आम नेपालीहरुको बढ्दो चाहना तथा जनसंख्या बृद्धिको कारण बर्षेनी स्याउको मांग बढ्दो क्रममा रहेको छ । नेपालमा समुद्र सतहबाट १५०० देखि ३००० मिटरसम्म उचाई भएको स्थानमा स्याउ खेती गर्न सकिन्छ । व्यावसायिक रुपमा स्याउ खेती गरी राम्रो उत्पादन लिनका लागि हिउँदको समयमा लामो समयसम्म चिसोको आवश्यकता पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
समाचार