हेलम्बु गाउँपालिकाले दश वर्ष पुरानो गाडीले पर्यटक बोक्न प्रतिबन्ध

बिहीबार, माघ १८, २०८०

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले १० वर्षभन्दा बढी पुरानो गाडीले पर्यटक प्रतिबन्ध लगाएको विज्ञप्ति निकालेको छ । माघ १७ गते हेलम्बु क्षेत्रको गुम्बा र पर्यटकीय स्थल भ्रमणमा आएको गाडी दुर्घटनामा दुई भुटानी नागरिकको मृत्यु भएपछि उक्त पालिकाले यस्तो विज्ञप्ति निकालेको हो । 

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अन्त्यन्तै महत्वपूर्ण मानिने हेलम्बु गाउँपालिकामा आउने पर्यटकहरूले पुरानो गाडी प्रयोग गरेका कारण दुर्घटना भएकाले १० वर्षभन्दा पुरानो गाडीबाट पर्यटक बोक्न प्रतिबन्ध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

साथै उक्त विज्ञप्तिमा मृतक भुटानी नागरिक पर्यटकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गरिएको छ । आगामी कार्यपालिकाको बैठकले हेलम्बु क्षेत्रमा १० वर्षभन्दा पुरानो गाडीले पर्यटक बोक्न नपाउने निर्णय गरिने विज्ञप्तिमा जनाइएको छ ।अहिले भुटानी, भारत लगायतका दर्जनौँ पर्यटक हेलम्बु क्षेत्रको भ्रमणमा छन् । 
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्
समाचार