बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

अमेरिकामा गोली हानी एक नेपाली विद्यार्थीको हत्या

बुधबार, भदौ १२, २०८१

अमेरिका - अमेरिकाको टेक्सस  ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा बसोबास गर्दै आउनुभएका नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ गोली हानी हत्या गरिएको छ । उहाँको छातीमा धेरै गोली लागेको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

२१ वर्षीया मुना तीन वर्ष अघि अमेरिका आउनुभएको हो । उहाँ सो अपार्टमेन्टमा एक्लै बस्दै आउनुभएको जनाइएको छ ।

सन्दिग्ध अपराधीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटना थाहा भएपछि अपार्टमेन्टका अधिकारीहरुले एम्बुलेन्सलाई फोन गरेपछि तत्काल आएका एम्बुलेन्सका चिकित्सकहरुले जाँच गर्दा घटनास्थलमा नै उहाँको मृत्यु भइसकेको जनाएका थिए । प्रहरीले सन्दिग्ध अपराधीको बारेमा जानकारी दिन अनुरोध  गरेको छ ।

ह्युज्टन कम्युनिटी कलेजमा स्नातक तहमा अध्ययनरत पाण्डेको घर भोजपुर रहेको जनाइएको छ । पारिवारिक स्रोतलाई उद्धृत गर्दै समाचारपत्रहरुले जनाए अनुसार उहाँको एक जना श्वेत अमेरिकी केटासँग प्रेम सम्बन्ध थियो ।
उहाँकी आमा अनिता पाण्डे अधिकारीले हत्यारा पत्ता लगाउन नेपाली समुदायलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्