Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङमा जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

सोमबार, माघ २२, २०८०

दाङ - दाङको तुलसीपुरमा जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
गत माघ १० गते तुलसीपुर बस्ने २७ वर्षको महिलालाई कोठा भाडामा बस्ने तुलसीपुर ३ का ३६ वर्षीय भागीराम सुनारले जबजरस्ती करणी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
 
प्रभावितले प्रहरीमा जाहेरी दिएपछि फरार भएका प्रतिवादी भागीराम सुनारलाई खोजतलास गर्ने क्रममा हिजो आइतबार सुनारकैै घरबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।?

यस्तैगरी माघ २० गते १५ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर १२ का २१ वर्षीय अशोक चौधरी र सोही ठाँउका १६ वर्षीय किशोर रहेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।?
किशोरीलाई सोही वडाका कमल बुढाथोकीको खाली गोठमा लगी जबजरस्ती करणी गरेको भन्ने सूचनाका आधारमा सोही घटनास्थलमा रहेका १६ वर्षिया किशोरलाई पक्राउ गरेको मल्लले जानकारी दिनुभयो ।

अर्का फरार प्रतिवादी अशोक चौधरीलाई हिजो आइतबार पक्राउ गरेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

पक्राउ परेका तीनै जनालाई अनुसन्धानको लागि जिल्ला अदालत घोराहीबाट ७ दिनकोे म्याद थप गरिएको प्रहरीले जनाएको छ । साभार इ–तुलसीपुर

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
समाचार