आगोबाट बहिनीलाई बचाउन खोज्दा दाजुको पनि ज्यान गयो

सोमबार, माघ २२, २०८०

मुगु - खत्याड गाउँपालिका–२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालको १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीया छोरी झरना सन्ज्यालको जलेर मृत्यु भएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

सरस्वतीले जस्तापाताले छाएको कच्ची घरको भुई कोठामा आगो बाली सुतीरहेको अवस्थामा आगलागी भएको तथा घरभित्र रहेका उनको छोरारछोरी फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रातापानी तथा प्रहरी चौकी श्रीकोटरोलबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोग आगो निभाएको थियो। 

आगो निभाउने क्रममा दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ। घरमा आगलागी हुँदा सुतिरहेकी बहिनीलाई बचाउन जाँदा विशालको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्