Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बंगलाचुलीमा बृहत भैलो महोत्सव सम्पन्न : "ससंस्कृति जोगाउन पालिका महत्त्वपूर्ण भूमिका"

मंगलबार, कात्तिक २७, २०८१

दाङ - दाङको बंगलाचुली गाउँपलिकामा बृहत एकदिने भैलो महोत्सव सम्पन्न  भएको छ । गाउँपालिकाको आयोजनामा मंगलबार बंगलाचुली गाउँपलिका- ५ मा रहेको पर्यटकीय क्षेत्रमा महोत्सव सम्पन्न भएको  हो ।

महोत्सवमा पालिकाका ८ वटै वडाबाट सहभागी २४ वटा भैलो समूहहरुमध्ये बंगलाचुली गाउँपलिका  वडा नं.५ को साकिने भैलो प्रथम भएको छ । निर्णायक मण्डलले घोषणा गरेको नतिजा अनुसार  साकिने भैलोले २ सय ५८ अंक प्राप्त गर्दै  प्रथम भएको हो । त्यस्तै वडा नं। ३ र ४ मा रहेको साखुलाचौर भैलोले २ सय ५७ अंक प्राप्त गर्दै द्वितीय र वडा नं। १ मा रहेको दहवराह भैलोले २ सय ५० अंक प्राप्त गर्दै तृतीय भएको छ । बाँकी २१ वटै भैलो समूहहरु सान्त्वना भएका छन् ।

जसअन्तर्गत महोत्सवमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः पन्ध्र हजार, दस हजार र पाँच हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । महोत्सव सहभागी २४ वटै भैलो समूहहरुले प्रोत्साहन स्वरुप नगद १६र१६ हजार प्राप्त गरेका छन् ।

बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनको अध्यक्षता एवं जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले स्थानीयस्तरमा रहेका कला र संस्कृति जोगाउनका लागि पालिकाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले यो गाउँपालिकाले भैलो महोत्सव आयोजना गरेर लोप हुँदै गइरहेका समाजका परम्परागत संस्कार र संस्कृतिको संरक्षणमा विशेष योगदान दिएको कुरामा समेत जोड दिनुभयो ।  गाउँ तथा समाजमा रहेका कला र संस्कृतिलाई जगेर्ना गर्दै अब त्यस्ता खालका संस्कृतिहरुलाई पुस्तान्तरण गर्नुपर्ने उहाँको भनाइ छ ।

बृहत भैलो महोत्सवलाई सम्बोधन गर्दै बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनले  पालिकको पहिचानको रुपमा रहेको भैलोलाई संरक्षण गर्नका लागि भैलो महोत्सव आयोजना गरेको बताउनुभयो । उहाँले समाजमा  रहेका परम्परागत कला, संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने  उद्देश्यले गत वर्षदेखि भैलो महोत्सव गर्दै आएको र यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

भैलोले सबैलाई एकताको सुत्रमा  बाँध्ने भएको हुँदा हाम्रो गाउँ समाजमा जे कला छ त्यसलाई संरक्षण र जगेर्ना गर्नुपर्ने अध्यक्ष पुनले बताउनुभयो । पछिल्लो समयमा स्थानीयस्तरमा परम्परागत रुपमा रहेका कला, संस्कार र संस्कृति लोपलाई हुँदै गएको हुँदा त्यस्ता कला र संस्कृतिलाई संरक्षणका गर्दै गाउँपालिकाभित्र रहेका पर्यटन क्षेत्रलाई संवर्धन गर्दै अगाडि बढ्ने उहाँको भनाइ छ ।

महोत्सवमा पालिकाभित्रका ८ वटै वडाका भैलो समूहले सहभागिता जनाएका थिए । भैलो महोत्सवमा बच्चादेखि वृद्धसम्मका उमेर समूहका व्यक्तिहरुले आ( आफ्नै पहिचान झल्किके खालका भैलोहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा दाङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुन, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, ८ वटै वडा अध्यक्ष, पालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, पालिकाभित्रका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघ दङका उपाध्यक्ष सन्तोष सुवेदी, दाङ जिल्लाका रहेका विभिन्न सञ्चार माध्यम कार्यरत पत्रकार, पालिकाभित्र रहेका विभिन्न संघरसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन हास्य कलाकार कमल गाउँलेले गर्नुभएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्
समाचार