बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
समाज

आज मोक्षदा एकादशी, गीता जयन्ती मनाइँदै

बुधबार, मंसिर २६, २०८१

काठमाडौं - मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात् मोक्षदा एकादशी। सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ श्रीमद्भागवत् गीता उत्पत्ति भएको दिन।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

महाभारत युद्धका क्रममा कुरुक्षेत्रमा भगवान् कृष्णले अर्जुनलाई यसै दिन उपदेश दिएका थिए। हजुरबुबा, काका, भाइलगायत बन्धुका साथै गुरुहरूसँग लडाइँ गर्न अर्जुन तयार नभएपछि भगवान् कृष्णले उपदेश दिएका थिए। यसैलाई गीताज्ञान भनिने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए।

महाभारत ग्रन्थअन्तर्गत भीष्मपर्वमा १८ अध्यायको गीता समावेश छ। गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा चर्चा गरिएको छ।

गीताजयन्तीका अवसरमा विश्व हिन्दु महासंघलगायत धार्मिक संघसंस्थाले कार्यक्रम गर्दैछन्। गीतापाठ र यसको महिमाबारे चर्चा लगायत कार्यक्रम गरी यो दिवस मनाइन्छ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ०७:५९
प्रतिक्रिया दिनुहोस्