बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दाङको शान्तिनगरमा १४ बर्षीया बालिका बलात्कृत, एकजना पक्राउ

शुक्रबार, फागुन २, २०८१

दाङ  - दाङको शान्तिनगरमा बालिका बलात्कार आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निवासी २२ बर्षीय चन्द्र प्रसाद नाथ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिुनुभयो । विपि नमुना माध्यामिक विद्यालय बयाले सिमतरामा कक्षा ९ मा अध्ययनरत १४ बर्षीया एक बालिकालाई गत माघ ३० गते बिहान साढे ६ बजेको समयमा बलात्कार गरेको भनेर पिडित बालिकाकी आमाले जाहेरी दिएपछी आरोपीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

हिजो फागुन १ गते पिडितले दिएको जाहेरीकै आधारमा गएको इन्स्पेक्टर बिनोदराज खत्रीसहितको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । शान्तिनगर–४ को रानिवन जंगलमा हिडिरहेको (विद्यालय जादै) अवस्थामा एक्कासी पछाडीबाट आएर घाँटी समातेर डरधम्की देखाएर जंगलमा लगेर जवरजस्ती करणी गरेको पिडित पक्षको भनाई छ । यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्