पाथीभरामा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच झडप, ११ प्रहरीसहित १२ जना घाइते

बिहीबार, फागुन ८, २०८१

काठमाडौँ : ताप्लेजुङको पाथीभरामा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच झडप भएको छ। झडपमा परी सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन्।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

घाइते हुनेमा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ गरी १२ जना रहेको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले थाहाखबरलाई बताइन्।

उनले घाइतेको उद्धारमा खटिएको गाडीमा समेत तोडफोड गरिएको जानकारी दिइन्। अहिले पनि स्थिति तनावपूर्ण रहेको बताइएको छ।

प्रदर्शन चर्किएपछि सुरक्षाकर्मीले अश्रु ग्यास र लाठी चार्ज गरेका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्