Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङको बबई गाउँपालिकामा बाघको आक्रमणबाट एक महिला घाइते

बुधबार, फागुन २८, २०८१

हापुरे, फागुन २८ गते दाङको बबई गाउँपालिका वडा नं ५ मा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा बबई गाउँपालिका वडा नं ५ डाँडाखुटी निवासी ४८ वर्षकी मीना रावत रहेको नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ ख का सचिव भरत खड्काले जानकारी दिनुभएको छ।

गत फागुन २६ गते अपराह्न ४ बजे घर नजिकैको काल्नामा चराइराखेको बोका माथि बाघले आक्रमण गरेको र बोकालाई बचाउन खोज्दा रावत घाइते भएको खड्काले बताउनुभयाे । घाइते रावत राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि अहिले घर फर्किनुभएकाे छ।

बाघको आक्रमणबाट राउतको एउटा बोका मरेको छ। सोही दिन बाघको आक्रमणबाटै एउटा कुकुरको पनि ज्यान गएको छ भने हिजो फेरी बाघले आक्रमण गर्दा सोही ठाउँ निवासी मिना घर्तीको एउटा बोका बेपत्ता भएको खड्काले बताउनुभएको छ।

दिनदहाडै बाघले आक्रमण गर्न थालेपछि त्यहाँका स्थानीयहरू त्रसित भएका छन्। उनीहरू पशु चौपाया सँगसँगै मानवीय क्षतिसमेत हुनसक्ने भन्दै त्रसित भएका हुन् ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  २२:२०
प्रतिक्रिया दिनुहोस्
समाचार