बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

कैलालीमा विद्युत सर्ट भइ आगलागी हुँदा  एक घरमा क्षति

बुधबार, फागुन २, २०८०

कैलाली - कैलालीको धनगढी उपमहानगरपालिका –३ चटकपुरस्थित एक घरमा आगलागी हुँदा क्षति भएको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

विद्युत सर्ट भएर खेमराज पनेरुको घरमा आज आगलागी भएको हो । आगलागीबाट घर भाडामा बस्दैआएकी गोदावरी नगरपालिका –३ की शान्ति रोकायाको फ्रिज, टिभी, दराज, भाँडावर्तन लगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । 

अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीको कमाण्डमा खटेको प्रहरी टोली र स्थानीयवासीले मिलेर आगो नियन्त्रणमा लिइएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्