सुनका गहनासहित स्वयम्भूबाट एक जना पक्राउ

बुधबार, चैत १३, २०८१

काठमाडौं - बिल बिजक नभएका सुनका गहनासहित एक जना पक्राउ परेका छन्।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका ४१ वर्षीय दिपेशलाल चित्रकार छन्।

उनलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

काठमाडौं महानगरपालिका-१५ स्वयम्भू आनन्दकुटीमा एक व्यक्तिले सुनका गरगहनाहरू बिक्री गर्न लिएर हिँडिरहेको भन्ने सूचना प्राप्‍त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी उनलाई पक्राउ गरेको हो।

उनको साथबाट सुनजडित पोतेसहितको माला १८ थान, क्रिष्टलसहितको माला १३ थान, टप ३ जोर, तिलहरी एक थान लगायत विभिन्न गहना बरामद भएको छ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्
समाचार