Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

स्याङ्जामा १३ वर्षीया बालिका बलात्कृत

बुधबार, चैत १३, २०८१

स्याङ्जा -  स्याङ्जामा  १३ वर्षीया बालिका बलात्कृत भएकी छिन्।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पुतलीबजार नगरपालिका-७ बस्ने २४ वर्षीय सुन्दर गौतमलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

सुन्दरले ती बालिकालाई शनिबार जबरजस्ती करणी गरेको उजुरी परेको थियो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ।

उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई  प्रहरीले अनुसन्धान थालेको छ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्
समाचार