बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्ष लाई पक्राउ

बुधबार, चैत २०, २०८१

सिरहा, १९ चैत - सिरहामा भारतीय नागरिकलाई नागरिकता दिने वडा अध्यक्षलाई प्रहरीले पक्राउ नगरेको भन्दै गृहमन्त्री रमेश लेखकको पुतला दहन गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

पुर्व पश्चिम लोकमार्ग सडक अन्तर्गत चोहर्वामा मंगलबार साँझ आक्रोशित  स्थानीयहरूले गृहमन्त्री लेखकको पुतला जलाएका हुन् ।

भारतीय नागरिक मोस्ताक मियाँलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डललाई राजनीतिक संरक्षण दिइएको र उनीहरूलाई प्रहरीले पक्राउ गर्न चासो नदेखाएको स्थानीयहरूको आरोप छ ।

नरहा गाउँपालिका ३ वडा कार्यालयको सिफारिसका आधारमा भारत विहारको मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका मियाँले २०८० असार २६ मा जिल्ला प्रशासन सिरहाबाट १५०१८०–४३६२ नम्बरको नेपाली नागरिकता पाएका थिए ।

यो घटना बाहिरिएपछि मोस्ताकलाई नागरिकता दिलाउन नक्कली बुवा बनाइएका स्थानीय अमानत मियाँलाई प्रहरीले चैत ५ मै पक्राउ गरिसकेको छ ।

प्रहरीले वडाध्यक्ष अन्सारी र वडासचिव मण्डलको समेत सिरहा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपनि उनीहरु राजनीतिक आडमा खुल्लेआम घुम्दै आएका छन् ।

 नरहा गाउँपालिका ३ का वडा अध्यक्ष रुस्तम अन्सारी एमाले पार्टिबाट निर्वाचित भएका छन् । उनलाई जिल्लाकै केन्द्रिय नेताहरूले संरक्षण गरिरहेको स्थानीयहरुको भनाइ छ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्