सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - दाङको दंगीशरण गाउँपालिकाले किसानहरूका लागि निशुल्क बेसारको बिउ बितरण गरेको छ । दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग,हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग,तथा नेपाल महिला सामुदायिक सेवाकेन्द्रको समन्वयमा व्यावसायिक बेसार खेती तथा बेसार खेती प्रबर्द्धन कार्यक्रमका लागि निशुल्क कपुरकोटे १ बेसारको बिउ बितरण गरीएको हो । दंगीशरण गाउँपालिका भित्रका कृषक,कृषि सहकारी,कृषक समुहबाट माग भएबमोजिम बेसारको बिउ खरिद गरीएको कृषी शाखा प्रमुख शरु भुषालले बताउनु भयो । समुह तथा किसानहरुको माग धेरै आएपनि सवैलाइ पुग्नेगरी बिउ बितरण गरीएको प्रमुख भुषालले बताउनुभयो ।
कपुरकोटे १ बेसारको बिउ बितरणगर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले कृषिमा आधारीत गाउँपालिका रहेकाले कृषि र पशुलाइ कसरी प्रबर्द्धन गर्नसकिन्छ भन्ने उदेस्यकासाथ आफुहरु अगाडि बढेको बताउनुभयो ।बेमौसमी तरकारीखेती र बेसार खेतीलाइ प्रवर्द्धन गर्दै व्यावसायिक रुपमा जोड्न बेसारको बिउ बितरण गरीएको अध्यक्ष गिरीको भनाइ छ ।आर्थिक बर्ष २०८१/८२ को स्विकृत २ लाख ५० हजार बिनियोजित बजेटबाट किसानहरुका लागि निशुल्क बिउ बितरण गरीएको बताउनुभयो ।
रोगहरुको आक्रमण र बन्यजन्तु तथा अन्य जनावरले समेत क्षेती पुर्याउन नसक्ने भएकालेपनि बेसारखेती उपयुक्तहुने अध्यक्ष गिरीको भनाइ छ। अध्यक्ष गिरीले अनुदान र निशुल्करुपमा स्थानिय सरकारबाट लगेका बस्तुको दुरुपयोग नगरी उचितप्रयोग गरी धेरै भन्दा धेरै फाइदालिन आग्रह गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपालिले बन्यजन्तुहरुले पनि नोक्सानि नगरुन भन्ने उदेश्यकासाथ कम्तिमा पनि ५ कट्ठा जमिनमा उत्पादनगरी व्यावसायिक रुपमा अगाडि बढ्न किसानहरुलाइ आग्रह गर्नुभयो । यस्तै वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले किसानहरुको बाहुल्यता भएको गाउँपालिका रहेकालेपनि किसानमुखि विभिन्न बिउबिजन बितरणका कार्यक्रमहरु अगाडि बढाइएको बताउनुभयो ।