Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

सातै प्रदेशका अस्पतालमा चिकित्सा शिक्षा अध्यापन

बुधबार, माघ १०, २०८०

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आगामी शैक्षिक सत्रदेखि एक सयदेखि तीन सय शय्याका अस्पतालमा नर्सिङ र ‘प्यारामेडिक्स’को पढाइ सुरु हुने बताउनुभएको छ ।

आज यहाँ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९०औँ वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले आगामी शैक्षिक सत्रमा सातै प्रदेशका साबिकका अञ्चल अस्पतालमा चिकित्सा शिक्षाको अध्यापन सुरु गर्न मन्त्रालयले तीव्र तयारी गरिरहेको जानकारी दिनुभयो ।

उहाँले टेकु अस्पताललाई मन्त्रालयको नीतिअनुसार नर्सिङ तथा पारामेडिकको शैक्षिक कार्यक्रम सञ्चालनका लागि तयार रहन निर्देशन दिनुभयो ।

मन्त्रालयले एक सयदेखि तीन सय शय्यासम्मका अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाइ गर्ने र तीन सय शय्याभन्दा माथिका अस्पतालमा ‘एमबिबिएस’ को पढाइ गर्ने निर्णय गरेर मन्त्रिपरिषद्मा पठाइ सकेको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्