बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा

बुधबार, माघ १०, २०८०

धनुषा - मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यको दुई सिटका लागि बिहीबार हुने निर्वाचनको तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका प्रमुख नविन चौधरीले दिएको जानकारीअनुसार मधेश प्रदेशको राजधानी जनकपुरधामको महेन्द्रनारायण निधि सँस्कृति केन्द्रलाई राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदानस्थल बनाइएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

सो ठाउँमा दुई वटा मतदान केन्द्र निर्माण गरिएको र निर्वाचनका लागि आवश्यक मतपत्रसहितको सामग्री मतदान अधिकृतलाई बुझाइ सकिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख चौधरीले बताउनुभयो ।

मधेश प्रदेशमा १०७ जना प्रदेशसभा सदस्य र २६७ जना पालिका प्रमुख, उपप्रमुख गरी ३७४ जना मतदाताले निर्वाचनमा भाग लिन पाउने उहाँले बताउनुभयो । मधेश प्रदेशको विभिन्न पालिका गरी पाँच जना प्रतिनिधि कारवाहीमा परेका कारण तिनीहरुको मतदाता नामवलीमा समावेश नगरी निर्वाचन आयोगले मतदाता नामवली प्रकाशन गरेको उहाँको भनाइ छ ।

मतदान विहान ९ वजेबाट सुरु भएर ३ वजेसम्म चल्ने प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका प्रमुख चौधरीले बताउनुभयो । महेन्द्रनारायण निधि सँस्कृति केन्द्रमा मतदान केन्द्र ‘क’ का लागि कैलासप्रसाद भटट्राई र मतदान केन्द्र ‘ख’ का लागि सुशीलकुमार यादवलाई मतदान अधिकृत तोकिएको छ । मधेश प्रदेशमा महिलातर्फ  सत्तासिन गठबन्धन दलको तर्फवाट पूजा चौधरी र एमालेको तर्फबाट उषादेवी थरुनीले उम्मेदवारी दिनुभएको छ ।

अन्यतर्फ सत्तासिन गठबन्धन दलको तर्फवाट आनन्द ढुंगाना, एमालेको तर्फबाट विजेता झा र जनमत पार्टीको तर्फबाट रामाशंकर महासेठले उम्मेदवारी दिनुभएको छ । माघ ८ गते मध्य रातिबाटै मौन अवधि सुरु भइसकेकाले उम्मेदवारहरु फोनमार्फत मतदातासँग मत माग्ने कार्यमा व्यस्त रहेको उम्मेदवारले बताउनुभएको छ ।

यता, राष्ट्रिय सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान स्थल रहेको जनकपुरधामको महेन्द्रनारायण निधि सँस्कृति केन्द्र नजिकको क्षेत्रलाई प्रहरीले आफनो निगरानीमा राखेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्