माटोको ढिस्कोले पुर्दा राेल्पामा एक जनाकाे घटना स्थलमै मृत्यु

शनिबार, फागुन ३०, २०८२

३० फागुन रोल्पा, माटोको ढिस्कोले पुरेर रोल्पामा एक जनाको ज्यान गएको छ। रोल्पा रुन्टिगढी गाउँपालिका वडा न ७ निवासी निर्मला बुढाथोकी को घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले च्यापेर घटना स्थलमै मृत्यु  भएको हो ।

‎मृतक बुढाथोकीका तीन छोरा छन एक माईलो छोराको बिहे भईसकेको छ । एक जेठो  छोरा बैदेशिक रोजगारीमा छन । कान्छो छोराले अध्यनरत छन । उनका श्रीमन रेशम बुढाथोकीले  सरस्वती माबि सतिममा शिक्षण गराउछन । ‎मृतक निर्मला संगै तीन जना घाइते भएका छन । घाइते हुने हरु सोही ठाउँ निवासी एलिना पुन टाउकोमा गम्भीर चोट लागेको छ। शान्ति पुन र पार्वती पुन अन्य भागमा चोट लागेकोले उपचारको लागि दाङ रिफर गरिएको छ।

रुन्टिगढी गाउँपालिका वडा ७ मटिखन्ने डाडाँ घटना भएको हो। सव पाेष्टमाटमकाे लागि सदर मुकाम लिवाङ लगिएकाे छ।

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
समाचार