सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
२५ चैत, रोल्पाको रुन्टीगढी गाउँपालिकामा किशोरीहरूको सर्वाङ्गिण विकास र प्रवर्द्धनका लागि बृहत्तर यौनिक शिक्षा सम्बन्धी कार्यदलको दोस्रो बैठक सम्पन्न भएको छ। KOICA र UNFPA को आर्थिक सहयोग र प्लान इन्टरनेसनलको प्राविधिक सहयोगमा हुरेक नेपालद्वारा सञ्चालित किशोरी तथा युवतीहरूका लागि सुरक्षित एवं सहयोगी वातावरण अन्तर्गत यो बैठक आयोजना गरिएको हो। विशेष गरेर बृहत्तर यौनिकता शिक्षा भनेको मानव शरीर विज्ञान यौन स्वास्थ्य प्रजनन अधिकार सम्बन्ध र यौन व्यवहार शारीरिक संवेगात्मक र सामाजिक पक्षबारे दिइने वैज्ञानिक र अधिकारमुखी शिक्षा हो। यस खालको शिक्षाले किशोरीहरुलाई शारीरिक परिवर्तन बुझाउन यौन दुर्व्यवहारबाट बच्न र जिम्मेवार निर्णय लिन सिकाउँछ। जसमा लैङ्गिक समानता र पारस्पारिक सम्मानको विषयलाई पनि समेट्न सक्छ। यही शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन को लागि कार्यदलको बैठक बसेको हो। बैठकमा बृहत्तर यौनिक शिक्षा को सुपरिवेक्षण र अनुगमन गर्ने TEC/BCC सामग्री पठाउने लगायत विविध प्रस्तावहरू माथि छलफल भएको थियो। विद्यालयमा बृहत्तर यौनिकता शिक्षा सञ्चालन गर्दैगर्दा भएका समस्या र तिनको समाधान यौनिकता शिक्षामा किशोरीहरूको सहभागिता तथा अभिभावक जिम्मेवारी को विषयमा समेत बृहत छलफल भएको थियो। छलफल पछि उक्त कार्यदलको बैठकले हुरेक नेपाल रोल्पाको कार्यक्षेत्र रुन्टीगढी गाउँपालिका अन्तर्गत का १० वटा विद्यालयमा २०८३ वैशाख महिना भित्र TEC/BCC सामग्री पठाउने निर्णय गरेको छ। त्यस्तै बैठकले विद्यालय प्रधानाध्यापक विद्यालय व्यवस्थापन समिति फोकल शिक्षक र मेन्टर सहित तालिम बैठक सञ्चालन गर्नको लागि हुरेक नेपाल रोल्पा लाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। उक्त कार्यदलको बैठकमा कार्यक्रमको उद्देश्य र बृहत्तर यौनिकता शिक्षाको अवधारणामाथिको प्रस्तुतिकरण हुरेक नेपाल रोल्पाका सिनियर कार्यक्रम संयोजक चन्द्रप्रसाद ज्ञवालीले गर्नुभएको हो। साथै हुरेक रोल्पाले गरेका सबै कार्यक्रमको नियमित सुपरिवेक्षण र अनुगमन गर्ने निर्णय पनि गरिएको छ। रुन्टीगढी गाउँपालिका उपाध्यक्ष तथा समिति संयोजक सरिता केसीको संयोजकत्वमा बसेको बैठकमा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यता तथा पालिका प्रमुख प्रशासकीय अधिकृत धनी प्रसाद खड्का आतित्यता एवं रुन्टीगढी गाउँपालिकाका यौनिकता शिक्षा का फोकल शिक्षक लगायत पत्रकार को उपस्थिति रहेको थियो। बैठक रोल्पा रुन्टीगढी गाउँपालिकाको सभाहलमा भएको थियो। बैठकमा उपस्थित प्रमुख अतिथि तथा अतिथिहरूबाट बृहत्तर यौनिकता शिक्षा सम्बन्धी प्रभावकारी कार्यान्वयनका लागि सुझाव समेत सङ्कलन गरिएको छ भने बैठकको सहजीकरण हुरेक रोल्पा का फिल्ड अधिकृत अमर थापाले गर्नुभएको हो।