दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

पालिका स्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई रुन्टीगढी गाउँपालिका द्वारा बधाई तथा सम्मान 

शुक्रबार, वैशाख ४, २०८३

‎४ बैसाख,रोल्पाको रुन्टीगढी गाउँपालिकाले विद्यार्थी विद्यालय तथा शिक्षकलाई प्रोत्साहन स्वरूप पालिका स्तरीय कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफललाई नगद पुरस्कार सहित बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। विगतका वर्षहरू झैँ यस वर्ष पनि विद्यार्थी विद्यालय तथा विद्यालय शिक्षकलाई हौसला प्रदान गर्नको निम्ति उक्त सम्मान कार्यक्रम गरेको छ।

IMG_9937-1776383993.JPG

‎उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई  हौसला प्रदान र नतिजा सुधार गर्न शिक्षा क्षेत्रमा धेरै भन्दा धेरै खटेर मेहनतका साथ लागि पर्ने शिक्षक तथा विद्यालयलाई  प्रोत्साहन होस् भन्ने उद्देश्यले उक्त बधाई तथा सम्मान कार्यक्रम गरिएको हो । विशेष गरेर विद्यार्थी शिक्षक र विद्यालयलाई प्रतिस्पर्धात्मक रुपमा प्रतिस्पर्धा गराएर शैक्षिक क्षेत्रको सुधार गर्न यो कार्य गाउँपालिकाले गरेको हो।
‎IMG_0041-1776384141.JPG

‎परीक्षा समिति सदस्य एवं नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुब्रिङका प्रधानाध्यापक केशर बहादुर घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा परीक्षा समिति सदस्य शिव घर्ती, झक्कु  प्रसाद वली, पाण्डव बुढा लगायतको सक्रिय सहभागिता रहेको थियो। गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता केसी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धनीप्रसाद खड्का वडा नम्बर ९ का अध्यक्ष एवं पालिका प्रवक्ता चेतलाल खत्री वडा नम्बर ५ का अध्यक्ष गोविन्द बहादुर डाँगी वडा नम्बर ७ का अध्यक्ष टेकलाल पुन र वडा नं ८ का अध्यक्ष तुलसी पुलको आतित्यतामा कार्यक्रम भएको हो। उक्त कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी विद्यालय र शिक्षकलाई शैक्षिक सामग्री साथै नगद पुरस्कार  टीकामाला प्रमाणपत्र लगायत प्रदान गरी पढाइ बधाई एवं शुभकामना दिइएको थियो । कार्यक्रममा बोल्ने सम्पूर्ण वक्ताहरूले आगामी दिनको लागि पनि यस्तै स्थान ओगट्नका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेलकुद विकास शाखाका प्रमुख घन बहादुर डाँगीले गर्नुभएको हो।

IMG_9861-1776384255.JPG

‎

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  ०५:५०
प्रतिक्रिया दिनुहोस्