एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

सोमबार, वैशाख २८, २०८३

काठमाडौँ,२८बैशाख - माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएको छ । a

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन राष्ट्रिष परीक्षा बोर्डले आज परीक्षा सकिएको २९औं दिनमा साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार झण्डै ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 


यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो । यस वर्ष नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।SEE-12083-1778515315.jpg

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  २१:४७
प्रतिक्रिया दिनुहोस्