बिहिबार होलेरी बजार अनुगमन १ लाख ४० हजार ५०० रुपैया राजस्व संकलन, १६ हजार २० रुपैया बराबरको म्याद नाघेका बस्तु बरामद गरि नष्ट

शुक्रबार, जेठ १, २०८३

१ जेठ रोल्पा : रुन्टीगढी गाउँपालिकाले बिहिबार होलेरी बजार अनुगमन गरेको छ । उपभोक्तालाइ म्याद नाघेका सामान उपभोग गर्नबाट बचाउन र दर्ता नभएका पसल दर्ता गराउन तथा दर्ता भएका तर नबीकरण गर्न ढिला सुस्ती गर्नेलाइ जरीमाना सहित नबीकरण गराइ करको दायरामा ल्याउन अनुगमन गरिएको  हो ।

kamal-1778807310.jpg

गाउँपालिका उपाध्यक्ष सरिता केसीको सयोजेकत्व गरिएको अनुगमनमा होलेरी बजरका भएका सबै पसलहरु अनुगमन गरिएको थियो । जस मध्यबाट ८६ पसलहरु नयाँ दर्ता तथा नबीकरण नभएको भेटिएको थियो । अनुगमन गर्र्दा २५ वटा पसल नयाँ दर्ता गर्नु पर्ने भएकोले गरिदिएको छ भने नबीकरण हुनु बाकी ४३ पसलहरु पनि नबीकरण गरिएको हो । जस बाट १ लाख ४० हजार ५०० रुपैया राजस्व समेत संकलन गरिएको छ ।


अनुगमन गर्दा पसलहरुबाट १६ हजार २० रुपैया बराबरको म्याद नाघेका बस्तु बरामद गरि नष्ट गरिएको छ । बरामद गरिएको  बस्तुहरुमा हार्पिक २ पिस,युरिन वास ३ बोतल,चिजवल २० प्याकेट,मासुमसला ७५ ग्राम को १० प्याकेट,लिचि जुस १०० एमएलको ३ बोतल,बिस्कुट २० प्याकेट,कुरमुरे १ पोका, टमाटर सस १ लिटरको ४ बोतल,प्याक गरेको चिउरा १ किलोको ३ प्याकेट, नमकिन १५० ग्रामको ५ पोका,फु्रटी जुस १ लिटरको ४ बोतल, रेडबुल २५० एमएलको २ वटा, स्प्राइट १ लिटरको ३ बोटल,कोकाकोला १ लिटरको ८ बोटल फेन्टा १ लिटरको ११ बोतल,परफ्यूम ५० एमएलको ४ बटा, स्किन पाउदर ४ वटा,प्याकेट केक २८ पोका,सुजी ५०० ग्रामको ११ प्याकेट, सबजी मसला २८ प्याकेट, किटनासक बिषाधी ५०० एमएल र १०० एमएलको ७ वटा,फ्रेन लभब्ली क्रिम २१ प्याकेट, मेहेन्दी १५ प्याकेट र रोमान्टीक पाउडर ५ वटा म्याद नाघेका बस्तु बरामद गरि नष्ट गरिएको होे ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  ०६:५८
प्रतिक्रिया दिनुहोस्
समाचार