सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
जेठ २६ होलेरी, । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सञ्चालन गरिएको पाँचदिने अचार तथा मसला बनाउने प्राविधिक सीपमूलक तालिम औपचारिक रूपमा सम्पन्न भएको छ। तालिममा २५ जना सहभागीले विभिन्न प्रकारका अचार तथा मसला उत्पादन, प्रशोधन, प्याकेजिङ तथा बजारीकरण सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल गरेका छन्। समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता केसी को अध्यक्षता रहेको थियो भने तालिमको आतिथ्यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीप्रसाद खड्काको रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले सीपमूलक तालिमले स्थानीय नागरिकलाई आत्मनिर्भर बन्न र स्वरोजगार सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै सिकेका सीपलाई व्यवहारमा उतार्दै उद्यमशीलता विकास गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। तालिम अवधिभर सहभागीहरूले विभिन्न प्रकारका अचार तथा मसला उत्पादन गर्ने विधि, गुणस्तर व्यवस्थापन, सरसफाइ तथा व्यवसाय सञ्चालनका आधारभूत पक्षबारे जानकारी प्राप्त गरेका थिए। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आय आर्जनसँग जोडेर साना उद्यम स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमको सहजीकरण गाउँपालिकाको उद्यम विकास शाखाकी सहजकर्ता दिलमाया घर्ती ले गर्नुभएको थियो। समापन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै भविष्यमा पनि उद्यमशीलता प्रवर्द्धनका यस्ता कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।