बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

कर्णाली प्रदेशमा  राष्ट्रिय सभा निर्वाचनको मतदान सकियो

बिहीबार, माघ ११, २०८०

सुर्खेत - राष्ट्रिय सभा सदस्य पदको निर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा मतदान सकिएको छ । कुल मतदान गर्ने समय ३ बजेसम्म भए पनि सबै मतदाताले मत हालेपछि मतदान सकिएको हो । 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभातर्फका ४० सदस्यले मतदान गर्नुभएको छ । यस्तै, ७९ स्थानीय तहका कुल एक सय ५८ मतदातामध्ये एक सय ५६ जनाले मतदान गर्नुभएको छ। यस्तै, दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङ र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको निधन भएको थियो । 

बिहान ९ बजेदेखि सुरु भएको मतदान १ः१५ बजे सकिएको हो । प्रदेश सभातर्फ घनश्याम भण्डारीद्वारा पहिलो र सभामुख नन्दा गुरुङद्वारा अन्तिम मत खसेको थियो भने स्थानीय तहतर्फ सुर्खेतको गुर्भाकोट नगरपालिका प्रमुख हस्तबहादुर पुनद्वारा पहिलो र जाजरकोटको शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले अन्तिम मतदान गर्नुभएको थियो । 

मतदान सकिएसँगै छलफलबाट मतगणनासम्बन्धी निर्णय हुनेछ । सम्भवतः आजै नतिजा आइसक्ने निर्वाचन कार्यालयले जनाएको छ । 

कर्णाली प्रदेशबाट तीन पदका लागि छ जनाको उम्मेदवारी परेको थियो । सत्तारुढ गठबन्धन दलबाट अन्य कलस्टरमा कृष्णबहादुर रोकाया, महिलातर्फ सावित्री मल्ल र दलिततर्फ विष्णु विक उम्मेदवार हुनुहुन्छ । 

यस्तै, नेकपा एमालेका तर्फबाट अन्यमा डिल्लीप्रसाद भट्ट, महिलातर्फ विमला शाही र दलिततर्फ हिक्मत विक उम्मेदवार हुनुहुन्छ । यसपटक भएको निर्वाचनमा प्रति प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तह प्रति मतदाता १९ मतभार छ । यसरी गणना हुँदा कर्णाली प्रदेशको कुल मतभार पाँच हजार ८४ छ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्