दाङको तुलसीपुरमा एक युवकमाथि खुकुरी प्रहार

सोमबार, जेठ २१, २०८१

दाङ - दाङको तुलसीपुरमा आइतबार बेलुका एक युवकमाथि खुकुरी प्रहार भएको छ । आफ्नै साथीहरूको खुकुरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका-९ पातुखोलाका श्याने भनिने टोपबहादुर नेपाली घाइते भएका छन् ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

उनका दुवै खुट्टामा घुँडामुनि खुकुरी प्रहार भएको छ। घाइते नेपालीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुर बजारबाट सँगै गएका साथीहरूले नेपालीलाई तुलसीपुर– १७ मानपुरमा खुकुरी प्रहार गरेका हुन् । रिसिबीका कारण खुकुरी प्रहार भएको प्रहरीको अनुमान छ ।

खुकुरी प्रहार गर्ने तुलसीपुर-९ बेलुवाका सुरज वली र सन्तोष हमाललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्
समाचार