बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

कृषि क्षेत्रको प्रगति प्रविधिमार्फत मात्रै सम्भव छ  स् मन्त्री डा.वेदुराम भुसाल

शुक्रबार, माघ १२, २०८०

काठमाडौं - कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताउनु भयो।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

शुक्रवार शुरु भएको तीनदिने कृषि सम्बन्धी बृहत् अन्तरराष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुने इतिहास रहेको बताउनु भयो। उनले नेपालले कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने वेला भइसकेको भन्दै सरकारले कृषि उत्पादन बढाउने गरी काम गरिरहेको बताउनु भयो। ।

मन्त्री भुसालले उत्पादन बढाउन उत्पादकत्व वृद्धि गर्नुपर्ने र लागत खर्च घटाउनुपर्ने बताए। उनले कृषिमा अबका दिन यन्त्रीकरणको महत्व बढ्दै गइरहेको बताउनु भयो। ।

उनले भने, ‘कृषिमा प्रगति हुने नै प्रविधिको विकासमार्फत हो। प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुन्छ। उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्छ। लागत खर्च घटाउनुपर्छ। त्यसका निम्ति यन्त्रीकरणको ठूलो महत्त्व छ। यो प्रदर्शनीले योगदान गर्नेछ भन्ने मलाई लाग्छ।’

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले किसान ठगिने कुरा रोक्न जरुरी रहेको बताए। उनले व्यवसायीको अस्वस्थ प्रतिस्पर्धाका कारण किसान ठगिने गरेको बताए। उनले कृषि यन्त्रीकरणलाई इमान्दार रूपमा कृषकसमक्ष पुर्‍याउन जरुरी रहेको बताउनु भयो। ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्